1 Samuel 15:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गएर अमालेकीहरूमाथि आक्रमण गर्‌ र तिनीहरूसँग भएका सबै कुरा नाश गर्‌। एउटै कुरा पनि नछोड्‍। सबै पुरुष, स्‍त्री, केटाकेटी, बालबच्‍चा, गाई-गोरु, भेडा, ऊँट र गधाहरू मारिदे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब अमालेकीहरूमाथि जाइलागेर उनीहरूलाई नाश गर्, र उनीहरूका सबै धन-सम्‍पत्ति नाश गर्, एउटै थोक पनि नछोड्‌, र सबैलाई खतम पार्‌। उनीहरूका पुरुष, स्‍त्री, केटाकेटीहरू, दूध खाने बालकहरू, गाई-गोरु, भेड़ाबाख्रा, ऊँट र गधा सबैलाई नाश गर्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब गएर अमालेकीहरूलाई आक्रमण गर्, र तिनीहरूका सबै कुराहरूलाई सम्पूर्ण रूपमा नाश गर्। तिनीहरूलाई बाँकी नराख्। तिनीहरूका पुरुष, स्त्री, छोराछोरी र शिशुहरू, गाईबस्तु र भेडाबाख्रा, ऊँट र गधा सबैलाई नष्‍ट गर्।’ ”
Nepali ERV (पवित्र बाइबल)
अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेडा ऊँट गधा केही बाँकी नराख।”‘