1 Samuel 15:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले भने, “जसरी तिम्रा तरवारले धेरै स्‍त्रीहरूलाई निस्‍सन्‍तान बनाएको छ, त्‍यसरी नै तिम्री आमा अब निस्‍सन्‍तान हुन्‍छे।” तिनले अगागलाई गिलगालमा परमप्रभुको सामुन्‍ने टुक्रा-टुक्रा पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शमूएलले भने, “तेरो तरवारले स्‍त्रीहरूलाई निर्वश तुल्‍याएको छ। यसकारण तेरै आमा पनि सबै स्‍त्रीहरूका बीचमा निर्वश हुनेछे।” अनि शमूएलले अगागलाई परमप्रभुको सामुन्‍ने गिलगालमा मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शमूएलले त्यसलाई भने, “तिम्रो तरवारले स्त्रीहरूलाई निःसन्तान बनाएझैँ, तिम्री आमा पनि स्त्रीहरूका बीचमा निःसन्तान हुनेछिन्।” अनि गिलगालमा याहवेहकै सामु शमूएलले अगागलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
तर शमूएलले अगागलाई भने, “तेरो तरवारले नानीहरूलाई आमाको काखबाट खोस्यो। त्यसकारण अब तेरो आमाले तिनका छोरा-छोरीहरू गुमाउने छन्।” यति भनेर गिलगालमा परमप्रभुको अघि शामूएलले अगागलाई टुक्रा-टुक्रा बनाएर काटिदिए।