1 Samuel 16:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले शमूएललाई भन्‍नुभयो, “तँ कति दिनसम्‍म शाऊलको निम्‍ति शोक गर्छस्? मैले त्‍यसलाई इस्राएलका राजा मान्‍न इन्‍कार गरेको छु। तर अब केही जैतुनको तेल लिएर बेथलेहेममा यिशै नाम गरेको मानिसकहाँ जा किनभने त्‍यसका छोराहरूमध्‍ये एक जनालाई मैले राजा चुनेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलमाथि राजा हुनलाई इन्‍कार गरेकोमा तँ त्‍यसको निम्‍ति कहिलेसम्‍म विलाप गरिरहन्‍छस्‌? तँसित भएको त्‍यो सीङमा तेल हालेर तेरो साथमा लैजा। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। किनभने मैले त्‍यसका छोराहरूमध्‍येको एक जनालाई राजा चुनेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले शमूएललाई भन्‍नुभयो, “तँ शाऊलका निम्ति कति दिनसम्म शोक गर्छस्? किनकि मैले त्यसलाई इस्राएलको राजाको रूपमा इन्कार गरिसकेको छु। अब तँसित भएको त्यो सिङमा तेल भरेर आफ्नो बाटो लाग्। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। मैले त्यसका छोराहरूमध्ये एक जनालाई राजा चुनिसकेको छु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छसू? शाऊललाई मैले इस्राएलको राजापदबाट हटाइसके तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”