1 Samuel 16:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना सेवकले भन्‍यो, “बेथलहेम नगरको यिशैको एक जना छोरा बाजा बजाउन अति राम्रो छ। तिनी साहसी र हेर्नमा सुन्‍दर, असल सैनिकजस्ता र बोल्‍नमा सिपालु छन्। परमप्रभु तिनीसित हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनका सेवकहरूमध्‍ये एक जनाले भन्‍यो, “बेथलेहेमका यिशैका छोराहरूमध्‍ये एक जनाले वीणा बजाएको मैले देखेको छु। तिनी वीर मानिस छन्, र असल योद्धा, बोल्‍नमा ज्ञानी, र सुन्‍दर पनि छन्‌। अनि परमप्रभु तिनीसँग हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती सेवकहरूमध्ये एक जनाले भने, “मैले बेथलेहेममा यिशैका एक जना छोरालाई देखेको छु, जो बजाउनमा पोख्त छन्। तिनी साहसी र वीर योद्धा पनि हुन्। बोल्नमा सिपालु र हेर्नमा सुन्दर पनि छन्। अनि याहवेह तिनीसँग हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छन्। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। उ साह्रै वीर र युद्ध गर्न जान्दछ। उ साह्रै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।”