1 Samuel 16:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस दिनदेखि जब परमेश्वरले पठाउनुभएको दुष्टात्मा शाऊलमा पस्थ्यो, तब दाऊदले आफ्नो वीणा ल्याएर बजाउँथे र शाऊललाई आराम हुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब-जब परमप्रभुबाट त्यो आत्मा शाऊलमा आउँथ्यो, दाऊदले आफ्नो वीणा लिएर त्यो बजाइदिन्थे, र शाऊलले शान्ति पाउँथे। उनी निको हुन्थे, र त्यस हानिकारक आत्माले उनलाई छोड़ेर गइहाल्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब-जब परमेश्वरबाटको हानिकारक आत्मा शाऊलमाथि आउँथ्यो, तब-तब दावीदले वीणा बजाउँथे। यसरी शाऊलले छुटकारा पाउँथे; र तिनले आराम महसुस गर्थे; अनि हानिकारक आत्माले तिनलाई छोड्दथ्यो।
Nepali ERV (पवित्र बाइबल)
जब परमेश्वरले पठाएको दुष्ट आत्माले शाऊललाई दुःख दिन थाल्थ्यो, दाऊदले हातमा वीणा लिएर बजाउँन थाल्दथे र दुष्ट आत्माले शाऊललाई छोडि हाल्थ्यो र शाऊल असल हुन्थे।