1 Samuel 16:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले उनलाई भन्‍नुभएअनुसार शमूएलले गरे र बेथलहेममा गए। त्‍यहाँ नगरका अगुवाहरू काँम्दै तिनलाई भेट्‍न आए र भने, “स्‍वप्‍नदर्शी, के यो शान्‍तिको भेटघाट हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनलाई परमप्रभुले गर्नू भन्‍नुभएबमोजिम शमूएलले गरे। तिनी बेथलेहेममा गए। सहरका धर्म-गुरुहरू तिनलाई भेट्‌दा थरथराए। तिनीहरूले सोधे, “तपाईं शान्‍तिसाथ आउनुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले भन्‍नुभएझैँ शमूएलले गरे। जब तिनी बेथलेहेममा आइपुगे, त्यस सहरका प्रधानहरू तिनीसँग भेट गर्न डराए। तिनीहरूले तिनलाई सोधे, “के तपाईं शान्तिपूर्वक आउनुभयो?”
Nepali ERV (पवित्र बाइबल)
शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?”