1 Samuel 16:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हो!” उनले उत्तर दिए, “म परमप्रभुलाई बलि चढाउनलाई आएको हुँ। तिमीहरूले आफैंलाई शुद्ध गरेर मेरो साथमा आओ।” उनले यिशै र तिनका छोराहरूलाई पनि शुद्ध होओ भने र तिनीहरूलाई बलिदानमा आउने निम्‍तो दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शमूएलले भने, “शान्‍तिसाथ। म परमप्रभुको निम्‍ति बलिदान चढ़ाउनलाई आएको हुँ। तिमीहरू आफू-आफूलाई शुद्ध गरेर बलिदानको निम्‍ति आओ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध गरेर बलिदानको निम्‍ति तिनीहरूलाई बोलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शमूएलले जवाफ दिए, “हजुर, म शान्तिसाथ आएँ; म याहवेहलाई बलि चढाउनलाई आएको हुँ। आफैँलाई शुद्ध पार, र बलिदानका निम्ति मसँग आऊ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध पारे; अनि तिनीहरूलाई बलिदानको लागि निम्तो दिए।
Nepali ERV (पवित्र बाइबल)
शमूएलले भने, “ज्यू, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूएलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए।