1 Samuel 16:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब तिनीहरू आइपुगे, शमूएलले यिशैको छोरो एलीआबलाई देखेर मनमा भने, “परमप्रभुको सामुन्ने त्यहाँ खडा रहने त्यो मानिसलाई अवश्य नै उहाँले चुन्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू आए तब शमूएलले एलीआबलाई देखेर विचार गरे, “परमप्रभुको सामु उहाँका अभिषिक्त राजा यिनी नै रहेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू आइपुगे, तब शमूएलले एलिआबलाई देखेर सोचे, “निश्चय नै याहवेहको अभिषिक्त जन याहवेहकै सामु उभिएको छ।”
Nepali ERV (पवित्र बाइबल)
जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”