1 Samuel 17:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद एप्राती यिशैका छोरा थिए। यिशै यहूदाको बेथलेहेमका थिए। तिनका आठ छोराहरू थिए र शाऊल राजा छँदा तिनी बुढो भइसकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब दाऊद यिशै भन्‍ने एप्रातीका छोरा थिए, जो यहूदाको बेथलेहेमका थिए। यिशैका आठ भाइ छोराहरू थिए। शाऊलको पालोमा तिनी कमजोर र वृद्ध भइसकेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब दावीदचाहिँ यहूदाको बेथलेहेमका एप्राती यिशै नाम भएका मानिसका छोरा थिए। यिशैका आठ जना छोराहरू थिए, र शाऊलको समयमा यिशै अति वृद्ध भइसकेका थिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊद यिशैका छोरा थिए। यिशै इफ्रातीका छोरा थिए जो बेतलेहेमको, यहूदाका थिए। यिशैका आठजना छोराहरू थिए। शाऊलका समयमा यिशै बूढा भइसकेका थिए।