1 Samuel 17:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेनाका सामानहरूका जिम्मावाललाई खानेकुराहरू दिएर दाऊद दगुरेर लडाइँको मैदानमा पङ्क्ति बाँधेका ठाउँमा आफ्ना दाजुहरूकहाँ गए र तिनीहरूसित भलाकुसारी सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामान राख्नेको जिम्मामा आफ्नो सामान दिएर पङ्क्ति बाँधेको ठाउँमा दाऊद कुदेर गए र दाजुहरूलाई ढोग गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले आफ्ना सामानहरू रेखदेख गर्नेको जिम्मामा छोडे, र दौडेर गइ आफ्ना दाजुहरूलाई अभिवादन गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो।