1 Samuel 17:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले आफ्‍ना छेउका मानिसहरूलाई सोधे, “यस पलिश्‍तीलाई मार्ने र इस्राएललाई यस बेइज्‍जतीबाट छुटाउने मानिसले के पाउनेछ? जिउँदो परमेश्‍वरको सेनालाई तुच्‍छ ठान्‍ने यो कुनचाहिँ बेखतने पलिश्‍ती हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले छेउछाउका मानिसहरूतिर फर्केर भने, “यस पलिश्‍तीलाई मार्ने र इस्राएलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्‍वरको सेनालाई तुच्‍छ भन्‍ने त्‍यो खतना नभएको पलिश्‍तीचाहिँ को हो र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले आफ्नो छेउमा उभिरहेका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएलबाट अपमान हटाइदिने मानिसको निम्ति के गरिनेछ? जीवित परमेश्‍वरको सेनालाई धम्की दिने खतना नभएको यो पलिश्ती को हो र?”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले छेवैका मानिसलाई सोध्यो, “त्यसले के भन्यो? यदि कसैले यो पलिश्तीलाई मार्छ अनि इस्राएलको इज्जत बचाउँछ भने एउटा विदेशी मात्र त हो, उसले के इनाम पाउनेछ? यो गोल्यत के हो र? गोल्यत एकजना पलिश्ती भन्दा बढी केही होइन। त्यसले यो के सोचिरहेछ? उसले जीवित परमेश्वरका सैनिकहरूलाई धम्काउन सक्छ।”