1 Samuel 17:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यसलाई खेदेर आक्रमण गरी थुमा बचाएर ल्याउँछु र त्यो सिंह वा भालुले मलाई झम्टेर आयो भने म त्यसको घिच्रो समातेर त्यसलाई कुटेरै मार्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म त्यसको पछि गई त्यसलाई आक्रमण गरेर त्यसको मुखबाट त्यस शिकारलाई छुटाउँथे। यदि मलाई आक्रमण गर्नलाई त्यो फर्क्यो भने म त्यसको रौँ समातेर कुटी-कुटी त्यसलाई मार्थें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म त्यसको पछि-पछि गएर त्यसलाई आक्रमण गर्थेँ, र त्यसको मुखबाट भेडालाई छुटाएर ल्याउँथे। जब त्यो जनावर मलाई आक्रमण गर्न झम्टन्थ्यो, तब मैले त्यसको घिच्रो समातेर हिर्काएर मारिदिन्थे।
Nepali ERV (पवित्र बाइबल)
म त्यस्ता जंगली पशुहरूलाई खेद्दै जान्थे र तिनीहरूका मुखबाट भेडा खोसेर ल्याउँथे। यदि जंगली जन्तुले मलाई आक्रमण गरे त्यसको मुख मुनिको भुत्ला समात्थें र त्यसलाई हिर्काउथें।