1 Samuel 17:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले आफ्नो गोठालेलौरो लिए र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू टिपेर आफ्नो झोलामा हाले। आफ्नो घुँयेत्रो तयार गरी तिनी गोल्यतसित लड्न हिंडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनले आफ्नो लट्ठी उठाए, र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गा छाने, र ती आफ्नो गोठालाको झोलाभित्रको थैलीमा हाले। तब तिनी आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीसँग लड्नलाई गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले हातमा आफ्नो लहुरो लिए, र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू छाने। ती ढुङ्गाहरू आफ्नो गोठाले थैलीमा हाले। अनि तिनले हातमा आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीतिर अगि बढे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले हातमा एउटा टेकने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्यो।