1 Samuel 17:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले उत्तर दिए, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आउँदै छस्; तर म तेरो विरुद्धमा सर्वशक्तिमान् परमप्रभु इस्राएली सेनाका परमेश्‍वरको नाममा आउँदै छु, जसलाई तैँले तुच्‍छ ठानेको छस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले जवाफ दिए, “तँ त मसँग लड्‌न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्‌न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्‍वर, सर्वशक्तिमान्‌ परमप्रभुको नाउँमा आएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्‍वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।