1 Samuel 17:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल र यहूदाका मानिसहरू कराउँदै तिनीहरूका पछि लागे र तिनीहरूलाई गात र एक्रोनको ढोकासम्‍म खेदेर लगे। शारैम जाने बाटोमा गात र एक्रोनसम्‍मै पलिश्‍तीहरू घाइते भएर जताततै लडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएल र यहूदाका मानिसहरूले तुरुन्‍तै युद्ध-ध्‍वनि उठाए, र गात र एक्रोनका मूल ढोकाहरूसम्‍मै उनीहरूलाई खूब खेदेर लगे। शारैमबाट गात र एक्रोन जाने बाटोमा उनीहरूका लाश जताततै छरिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि इस्राएल र यहूदाका मानिसहरू विजय ध्वनिकासाथ अगि बढे। अनि पलिश्तीहरूलाई गात बेँसीको प्रवेशद्वार र एक्रोन सहरको मूलढोकासम्म खेदे। तिनीहरूका लास शारैम सहरको बाटोबाट गात र एक्रोन सहरसम्म नै जताततै छरिए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना र एक्रोनको ढोकासम्म पुर्याए र धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात र एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो।