1 Samuel 17:55 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले दाऊदलाई गोल्यतसित लड्न जाँदैगरेका देखेर आफ्ना सेनाका अध्यक्ष अबनेरलाई सोधे, “अबनेर, त्यो कसको छोरो हो?” अबनेरले जवाफ दिए, “राजन्, मलाई थाहा भएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले दाऊदलाई त्यस पलिश्तीको विरुद्धमा गइरहेका देख्दा, उनले आफ्ना सेनापति अबनेरलाई सोधे, “अबनेर, त्यो ठिटो कसको छोरो हो?” अबनेरले भने, “हजूरका जीवनको शपथ खाएर म भन्दछु कि मलाई थाहा छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद त्यस पलिश्तीसँग लड्न जाँदै गर्दा शाऊलले सेनाको सेनापति अबनेरलाई भने, “अबनेर, त्यो जवान मानिस कसको छोरा हो?” अबनेरले जवाफ दिए, “हे राजा, तपाईंको जीवनको शपथ लिएर भन्दछु, साँच्चै मलाई थाहा छैन।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले दाऊदलाई गोल्यतसँग लड्न गएको देखेका थिए। शाऊलले सेनाका सेनापति अबनेरसँग सोधे, “अबनेर, त्यस केटोको बाबु चाहिं को हुन्?” अबनेरले भने, “मेरो राजा, शपथ लिएर भन्दैछु, मलाई थाहा छैन।”