1 Samuel 17:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको बर्छा जुलाहाको तानको डण्डाजत्रै मोटो थियो र बर्छाको फलामको टुप्पाको वजन सात किलोग्रामजति थियो। त्यसको अघिअघि एक जना सिपाही त्यसको ढाल बोकेर हिंड्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको भालाको लट्ठी कपड़ा बुन्ने जुलाहाको डन्डाजत्रो थियो, र भालाको टुप्पा, जो फलामको थियो, त्यसको ओजन सात किलो थियो। त्यसको ढाल बोक्ने त्यसको अगिअगि हिँड्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको भालाको बिँड कपडा बुन्ने तानको डण्डाजस्तै थियो। अनि भालाको टुप्पोचाहिँ छ सय शेकेल ओजनको थियो। त्यसको ढाल बोक्ने त्यसको अगि-अगि गयो।
Nepali ERV (पवित्र बाइबल)
भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिंडथ्यो।