1 Samuel 18:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट परमेश्वरतर्फको एउटा दुष्टात्माले शाऊललाई पक्र्यो र तिनी घरैमा पागलजस्तो चिच्च्याउन लागे। दाऊद हरेक दिनझैँ वीणा बजाइरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट परमेश्वर तर्फको एउटा हानिकारक आत्माले शाऊललाई पक्र्यो। उनी घरैमा अगमवाणी बोलिरहेका थिए। दाऊदले अघिझैँ शाऊलको निम्ति वीणा बजाउँदैथिए। शाऊलको हातमा आफ्नो भाला थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट परमेश्वरतर्फको एउटा हानिकारक आत्मा शक्तिशाली रूपमा शाऊलमाथि आयो। तिनी आफ्नो घरमा अगमवाणी बोलिरहेका थिए। दावीदले सधैँझैँ वीणा बजाइरहेका थिए। शाऊलको हातमा एउटा भाला थियो।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन परमेश्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पकर्यो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैं झै वीणा बजाए।