1 Samuel 18:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छे। म त्‍यसलाई तिम्री स्‍वास्‍नी हुन दिनेछु; तर शर्त यो छ कि साहस र भक्तिसाथ तिमीले मेरो सेवा गर्नुपर्नेछ र परमप्रभुका लडाइँहरू लड्‍नुपर्नेछ।” यस्तो भएपछि पलिश्‍तीहरूले दाऊदलाई मार्नेछन् र म आफैंले त्‍यसलाई मार्नुपर्दैन भनी शाऊलले सोचेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबलाई तिमीसँग विवाह गरिदिनेछु, तर त्‍यसको सट्टामा तिमीले वीरतापूर्वक मेरो सेवा गर, र परमप्रभुको निम्‍ति लड़ाइँ गर।” किनभने शाऊलले आफ्‍नै हातबाट होइन, तर पलिश्‍तीहरूका हातबाट दाऊदलाई मार्ने विचार गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले दावीदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छे। म यसलाई तिमीसँग विवाह गरिदिनेछु। तिमीले केवल वीरतासाथ मेरो सेवा गर, र याहवेहको युद्ध गर।” किनकि शाऊलले मनमनै भने, “म यसको विरुद्धमा हात उठाउनेछैन। तर पलिश्तीहरूले नै त्यो काम गरून्!”
Nepali ERV (पवित्र बाइबल)
तर शाऊलले दाऊदलाई मार्नै चाहन्थे, शाऊलले दाऊदलाई एउटा जालमा पार्ने योजना सोचे। शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबको विवाह तिमीसित गरिदिने छु। त्यस पछि तिमी एउटा शक्तिशाली सैनिक हुनेछौ। तिमी मेरो छोरा जस्तै छौ। त्यस पछि तिमीले परमप्रभुको युद्धहरूमा सैनिक भएर लडने छौ।” यो खालि धुर्त्याइँ मात्र थियो। शाऊलले साँच्चै सोच्दै थिए, “अब मैले दाऊदलाई मार्नु पर्दैन। म उसलाई मेरो निम्ति पलिश्तीहरूलाई मार्न लगाउँछु।”