1 Samuel 18:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले आफ्नो मनमा सोचे, “म मीकल दाऊदलाई दिनेछु। दाऊदलाई पासोमा पार्न म मीकललाई काममा ल्याउनेछु र त्यो पलिश्तीहरूद्वारा मारिनेछ।” यसकारण दोस्रोपल्ट शाऊलले दाऊदलाई भने, “तिमी मेरो जुवाइँ हुनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले आफ्नो मनमनै भने, “म त्यसलाई नै दाऊदसँग विवाह गरिदिनेछु, कि पलिश्तीहरूका हातबाट मारिनलाई तिनको निम्ति त्यो एउटा फन्दा होस्, र पलिश्तीहरूले तिनको विरोध गरून्।” यसैले शाऊलले दाऊदलाई आफ्ना जुवाइँ बनाउनलाई दोस्रो पल्ट प्रस्ताव राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यसरी सोचे, “म दावीदलाई मीकल दिनेछु, ताकि यो उसको निम्ति एउटा पासो बनोस्, र पलिश्तीहरूको हात त्यसको विरुद्धमा उठोस्।” यसकारण शाऊलले दावीदलाई भने, “अब तिमीलाई दोस्रोचोटि मेरो जुवाइँ हुने मौका मिलेको छ।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले सोचे, “म दाऊदलाई फसाउन मीकाललाई लगाउँनेछु। म दाऊदलाई मीकलसँग विवाह गर्न दिनेछु। त्यस पछि पलिश्तीहरूद्वारा उसलाई मार्नेछु।” यसर्थ शाऊलले दाऊदलाई दोस्रो पल्ट भने, “आज नै तिमीले मेरी छोरीसँग विवाह गर्न सक्छौ।”