1 Samuel 18:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले तिनीहरूलाई दाऊदलाई (यसरी भन्‍न लाए, “बेहुलीका दामका मूल्‍यका रूपमा राजाले तिमीसित आफ्‍ना शत्रुहरूसित बदला लिन एक सय पलिश्‍तीहरूका खलडी मात्र चाहन्‍छन्।” यसरी शाऊलले दाऊदलाई पलिश्‍तीहरूका हातबाट मार्न लाउने उपाय गरेका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले भने, “दाऊदलाई यसो भन: शत्रुहरूलाई बदला लिनका निम्‍ति राजाले दुलहीको दामको रूपमा एक सय पलिश्‍तीहरूका खलड़ी मात्र माग्‍नुहुन्‍छ।” पलिश्‍तीहरूका हातबाट दाऊद मरून्‌ भन्‍ने शाऊलको इच्‍छा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले जवाफ दिए, “दावीदलाई यसो भन, ‘राजाले दुलहीको मूल्यको निम्ति शत्रुहरूलाई बदला लिन पलिश्तीहरूका एक सय खलडीबाहेक अरू केही चाहनुहुन्‍न।’ ” शाऊलको योजनाचाहिँ पलिश्तीहरूको हातबाट दावीद मारियोस् भन्‍ने थियो।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले फेरि भने, “दाऊदलाई भन, ‘दाऊद, राजाले उसका छोरीका निम्ति तिमीबाट दुलहीको दाम लिन चाहनु हुन्न, तर राजा आफ्ना शत्रुहरूसित बद्ला लिन चाहनुहुन्छ। यसर्थ राजाले रूपियाँको सट्टा एक सय पलिश्तीहरूका खलड्डी मात्र तिमीसँग माग्नुहुन्छ।”‘ यो शाऊलको धुर्त षड्‌यन्त्र थियो। शाऊलले सोच्थे पलिश्तीहरूले दाऊदलाई मार्ने छन् भनेर।