1 Samuel 19:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाला हानेर शाऊलले दाऊदलाई भित्तैमा टाँस्ने चेष्टा गरे; तर दाऊद तर्किए र भाला भित्तामा गाडियो। दाऊद उम्केर बाँचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले दाऊदलाई भित्तैमा उनिने गरी भाला हाने, तर दाऊदले त्यस भालाको प्रहारलाई छले अनि त्यो भाला भित्तामा गाड़ियो। त्यही रात दाऊद सुरक्षासाथ भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि शाऊलले त्यस भालाले भित्तैमा उनिने गरी तिनलाई प्रहार गर्न कोसिस गरे। तर दावीदले छले; अनि शाऊलको भाला भित्तामा गएर भासियो। त्यसै रात दावीद त्यहाँबाट सुरक्षासाथ भाग्न सफल भए।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले भाला हानेर दाऊदलाई भित्तैमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिएर बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।