1 Samuel 19:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदलाई पक्रन शाऊलले केही मानिसहरू त्‍यहाँ पठाए। तिनीहरूले एक दल अगमवक्ताहरू आफ्‍ना अगुवा शमूएलसँग अगमवाणी बोल्‍दैगरेका देखे। तब शाऊलका मानिसहरूलाई परमेश्‍वरको आत्‍माले अधीन गर्नुभयो र तिनीहरूले पनि अगमवाणी बोल्‍न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदलाई पक्रन भनी शाऊलले एक दल मानिस पठाए। जब तिनीहरूले शमूएलको नेतृत्‍वमा अगमवक्ताहरूको दल जोशमा मग्‍न भएको देखे, तब तिनीहरूमाथि परमेश्‍वरका आत्‍मा आउनुभयो, र तिनीहरू पनि अगमवक्ताको जोशमा मग्‍न भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनले दावीदलाई पक्रन मानिसहरू पठाए। तर जब तिनीहरूले शमूएलको नेतृत्वमा एक दल अगमवक्ताहरूले अगमवाणी गरिरहेका देखे, तब परमेश्‍वरको आत्मा शाऊलका मानिसहरूमाथि आउनुभयो। अनि तिनीहरूले पनि अगमवाणी बोल्न थाले।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले दाऊदलाई पक्रिन मानिस पठाए। तर त्यस डेरामा मानिसहरूले अगमवक्तहरू अगमवाणी गरिरहेका देखे। त्यस दलको माझमा उभिएर शमूएलले नेतृत्व दिंदै थिए। परमेश्वरको आत्मा शाऊलका दूतहरूमा उत्रियो र तिनीहरूले पनि अगमवाणी गर्नथाले।