1 Samuel 19:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले जब यो कुरा सुने, अरू मानिसहरूलाई त्‍यहाँ पठाए र तिनीहरूले पनि अगमवाणी बोल्‍न थाले। तेस्रोपल्‍ट तिनीहरूले अरू मानिसहरूलाई पठाए, तिनीहरूले पनि अगमवाणी बोल्‍न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यो कुरा शाऊलले सुने तब उनले अर्को एक दल पठाए। तिनीहरू पनि जोशमा मग्‍न भए। शाऊलले तेस्रो पल्‍ट मानिसहरूलाई पठाए, र तिनीहरूले पनि त्‍यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊललाई यो कुरा सुनाइयो। तब तिनले अझ धेरै मानिसहरू पठाए, र तिनीहरूले पनि अगमवाणी बोल्न थाले। शाऊलले तेस्रो पटक मानिसहरू पठाए। तब तिनीहरूले पनि अगमवाणी गरे।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले यो खबर पनि सुने र अरू दूतहरू पठाए। तर तिनीहरूले पनि अगमवाणी गर्न थाले। तेस्रो चोटि पनि शाऊलले दूतहरू पठाए तर तिनीहरूले पहिलो तरिका अप्नाए अनि अगमवाणी गर्न लागे।