1 Samuel 19:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनी आफैं रामामा गए। सेकूमा भएको ठूलो कुवामा आइपुग्दा तिनले शमूएल र दाऊद कहाँ छन् भनी सोधे। तिनीहरू नैयोतमा छन् भनी तिनलाई भनियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊल आफै रामामा गए, र सेकूमा भएको ठूलो कूवामा आइपुगे। उनले “शमूएल र दाऊद कहाँ छन्” भनी सोधखोज गरे। तब “तिनीहरू त रामाको नैयोतमा छन्” भनी तिनीहरूले भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आखिरमा तिनी आफैँ रामाको सहरतिर गए, र सेकूमा भएको ठूलो कुवामा आइपुगे। तिनले सोधे, “शमूएल र दावीद कहाँ छन्?” तिनीहरूले भने, “रामाको नैयोत गाउँमा छन्।”
Nepali ERV (पवित्र बाइबल)
अन्त्यमा, शाऊल आफै रामा गए। शाऊल सेकूको खलाको छेऊमा एउटा ठूलो कूवा भएतिर आइपुगे र “शमूएल र दाऊद कहाँ छन्” भनी सोधे। मानिसहरूले जवाफ दिए, “रामाको छाउनी छेऊमा।”