1 Samuel 19:3 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म गएर तिमी लुकिरहेको खेतमा मेरा बुबाको छेउमा उभिनेछु र तिम्रो बारेमा कुरा गर्नेछु। मैले केही कुरा थाहा पाएँ भने तिमीलाई भन्‍नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बाहिर निस्‍केर आउनेछु, र तपाईं हुनुभएको खेतमा मेरा पितासँग भेट गर्नेछु, र उहाँसँग तपाईंको विषयमा कुरा गर्नेछु। केही पत्ता लाग्‍यो भने म तपाईंलाई बताइदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म बाहिर गएर तपाईं हुनुभएको खेतमा आफ्ना पितासँग उभिनेछु। म उहाँसित तपाईंको बारेमा कुरा गर्नेछु। अनि मैले थाहा पाएको कुरा तपाईंलाई बताउनेछु।”