1 Samuel 19:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो प्राण खतरामा हालेर तिनले गोल्यतलाई मारे र परमप्रभुले इस्राएलको निम्‍ति महान् विजय दिनुभयो। त्‍यो देखेर तपाईं प्रसन्‍न हुनुभयो। तर किन अहिले तपाईं एउटा निर्दोष मानिसलाई अन्‍याय गर्न चाहनुहुन्‍छ? किन दाऊदलाई कुनै कारणबिना मार्न चाहनुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस पलिश्‍तीलाई मार्दाखेरि तिनले आफ्‍नो ज्‍यान खतरामा हालेका थिए। परमप्रभुले इस्राएललाई ठूलो विजय दिनुभयो, र त्‍यो त तपाईंले नै देख्‍नुभयो, र त्‍यस रमाहटमा तपाईं पनि सहभागी हुनुभयो। एउटा निर्दोष मानिसलाई तपाईं किन खराबी गर्नुहुन्‍छ, किन केही कारणविना दाऊदलाई मार्नुहुन्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्नो ज्यानसमेत जोखिममा पारेर त्यस पलिश्तीलाई मारे। याहवेहले सारा इस्राएलका निम्ति ठूलो विजय दिनुभयो। त्यो हजुरले पनि देख्नुभयो, र तपाईं प्रसन्‍न हुनुभयो। अनि तिनै दावीदलाई कुनै कारणविना मारेर तिनीजस्ता निर्दोष मानिसको हानि तपाईं किन गर्नुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती गोलियतलाई मार्दा पनि दाऊदले आफ्नो जीवन खतरामा हालेका थिए। परमप्रभुले सबै इस्राएललाई महान विजय दिलाउनु भयो। यो सब देखेर तपाईं खुशी हुनुभयो। अब दाऊदलाई किन मार्न चाहनुहुन्छ! दाऊद निर्दोष छ। दाऊदको हत्या गर्ने कुनै कारण नै छैन।”