1 Samuel 19:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन परमप्रभुले पठाउनुभएको दुष्टात्माले शाऊललाई अधीन गर्यो। तिनी आफ्नो घरमा हातमा एउटा भाला लिएर बसिरहेका थिए र दाऊद त्यहाँ बसेर वीणा बजाइरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब परमप्रभुबाटको हानिकारक आत्माले उनलाई पक्र्यो। दाऊदचाहिँ वीणा बजाइरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब त्यही बेला याहवेहबाटको एउटा हानिकारक आत्मा तिनीमाथि आयो। त्यस बेला दावीदचाहिँ वीणा बजाइरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए।