1 Samuel 2:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हन्नाहले यसरी प्रार्थना गरिन्— “परमप्रभुले मेरो हृदय आनन्दले भर्नुभएको छ। उहाँले गर्नुभएको कामले गर्दा म अति खुसी छु! म मेरा शत्रुहरूमाथि हाँस्दछु; परमेश्वरले मलाई मद्दत गर्नुभएको कारणले म हर्षित छु!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हन्नाहले यो प्रार्थना चढ़ाइन्: “मेरो हृदयले परमप्रभुमा आनन्द गर्दछ, परमप्रभुमा म मेरो सीङ उच्च पार्दछु। मेरो मुख मेरा शत्रुहरूप्रति धाकले भरिएको छ, तपाईंले मलाई उद्धार गर्नुभएकोले म हर्षित भएकी छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हन्नाले प्रार्थना गरेर यसो भनिन्: “मेरो हृदय याहवेहमा रमाउँदछ; याहवेहमा मेरो सिङ उच्च पारिएको छ। मेरो मुखले मेरा शत्रुहरूमाथि सेखी गर्दछ, किनकि म तपाईंको छुटकारामा हर्षित छु।
Nepali ERV (पवित्र बाइबल)
हन्नाले प्रार्थना गरिन्, “परमप्रभुमा, म खुशी छु! परमप्रभुमा म विजयको अनुभव गर्छु। तपाईंको मुक्तिमा म खुशी छु अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।