1 Samuel 2:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि एल्‍काना आफ्‍नो घर रामामा गए; तर बालक शमूएल शीलोमा बसे र पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एल्‍काना रामामा आफ्‍नो घरमा फर्के, तर त्‍यो बालकचाहिँ पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्नलाई त्‍यहीँ नै बस्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि एल्काना आफ्नो घर रामामा गए, तर बालक शमूएलचाहिँ एली पुजारीको अधीनमा याहवेहको सामु सेवा गर्दैरहे।
Nepali ERV (पवित्र बाइबल)
एल्काना र तिनका परिवारका सदस्यहरू सबै रामामा आफ्नो घर फर्के, तर त्यो बालकचाहि शीलोमा नै परमप्रभुको सेवा गर्न पूजाहारीको रेखदेखमा रह्यो।