1 Samuel 2:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाक्‍दै गरेको भाँडोमा काँटाले रोप्‍थ्‍यो र काँटामा जति मासु आउँथ्‍यो, त्‍यो पूजाहारीको हुन्‍थ्‍यो। शीलोमा बलि चढाउन आउने सबै इस्राएलीहरूसित त्‍यस्‍तै व्‍यवहार गरिन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्रिशूलले कराही वा ताप्‍के वा तसला वा खड्‌कुँलोमा भएको मासु घोच्‍थ्‍यो, र त्‍यसरी आएको जतिचाहिँ पूजाहारीले लाने गर्थे। शीलोमा बलिदान चढ़ाउनलाई आएका सबै इस्राएलीहरूसित तिनीहरूले त्‍यस्‍तै व्‍यवहार गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यो काँटालाई भाँडामा अर्थात् कराहीमा डुबाउँथे। तब त्यस काँटाले उठाएर जे जति मासु निकाल्थ्यो, त्यो सबै पुजारीले आफ्ना निम्ति लिन्थे। शीलोमा बलिदान चढाउन आउने सबै इस्राएलीहरूलाई तिनीहरूले त्यसै गर्थे।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीको सेवकले हातमा तिखो त्रिशूल लिएर भाँडाको मासुलाई काँटाले घोच्नु पर्थ्यो। सेवकहरूले काँटाले घोचे जतिमात्र मासु पूजाहारीको भाग हुन्थ्यो। पूजाहारीले उनै इस्राएलीहरूका निम्ति यसो गर्नुपर्थ्यो जो शीलोमा बलिदान चढाउन आउँथे।