1 Samuel 2:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसमाथि बोसो उठाएर जलाउनुभन्दा अघि नै पूजाहारीको चाकर आएर बलि चढाउने मानिसलाई यसो भन्‍थ्‍यो, “पूजाहारीको निम्‍ति पकाउन मलाई केही मासु देऊ। तिमीबाट उनले उमालिसकेको मासु लिँदैनन्, खालि काँचो मासु मात्र लिन्‍छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बोसो जलाउन अघि नै पूजाहारीको सेवक आएर बलिदान चढ़ाउने मानिसलाई भन्‍थ्‍यो, “पूजाहारीको लागि पकाउनलाई मलाई मासु देऊ। अघिबाटै उमालेको मासु तिनी लिँदैनन्, केवल काँचो मासु मात्र लिन्‍छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यतिमात्रै होइन, बोसो जलाइनुअगि नै पुजारीका सेवक आएर बलिदान चढाइरहेको मानिसलाई भन्थ्यो, “पुजारीले पोलेर खानको निम्ति केही मासु देऊ; किनकि तिनले तिमीहरूबाट पकाएको मासु होइन, तर काँचो मासु मात्र लिन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
तर एलीका छोराहरूले यसो गरेनन्। बोसोलाई वेदीमा जलाउनु अघि नै पूजाहारीका सेवक आएर बलिदानको पवित्र भेटि यसरी भनेर सोध्ने गर्थ्यो, “पूजाहारीको लागि पकाउनलाई केहि मासु देऊ, पूजाहारीले पकाएको मासु ग्रहण गर्दैनन् खाली काँचो मासु मात्र।”