1 Samuel 2:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस मानिसले “हामी जे कुरा ठीक छ, त्‍यो गरौं पहिले बोसो जलाऔं र त्‍यसपछि तिमी जे चाहन्‍छौ, त्‍यो लिन सक्‍छौ,” भन्‍यो भने पूजाहारीका चाकरले यसो भन्‍थ्‍यो, “होइन! मलाई मासु अहिले नै देऊ, होइन भने मैले जबरजस्‍ती गरेर लैजानुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पहिले बोसो जलाउन देऊ, र तिमीले मागेको जति लैजाऊ” भनी यदि कुनै मानिसले जवाफ दियो भने त्‍यस सेवकले यसो भन्‍थ्‍यो, “होइन, त्‍यो मलाई अहिले नै देऊ, नत्रता म जबरजस्‍ती खोसेर लैजानेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यस मानिसले सेवकलाई यसरी भन्यो भने, “पहिले बोसो जलिसकोस्, र तिमीले चाहेको जति लैजाऊ,” तब त्यस सेवकले जवाफ दिन्थ्यो, “होइन, अहिले नै देऊ। यदि तिमीले दिएनौ भने म जबरजस्ती खोसेर लैजानेछु।”
Nepali ERV (पवित्र बाइबल)
बलि चढाउने मानिसले भन्थ्यो, “पहिले बोसोलाई जलाउँ त्यसपछि तिमीलाई चाहिए जति लैजाऊ।” यदि यस्तो परिस्थितिमा भने पूजाहारीको सेवकले भन्थ्यो, “होइन, त्यो मलाई अहिले नै मासु दिइहाल, यदि दिंदैनौ भने म खोसेर लैजानेछु।”