1 Samuel 2:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला एलीले एल्‍काना र तिनकी स्‍वास्‍नीलाई आशीर्वाद दिन्थे र एल्‍कानालाई यसो भन्‍थे, “तिमीहरूले परमप्रभुलाई अर्पण गरेका बालकको सट्टामा उहाँले तिमीलाई यस स्‍त्रीद्वारा अरू बालकहरू देऊन्।” त्‍यसपछि तिनीहरू घर फर्कन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीले एल्‍काना र उनकी पत्‍नीलाई आशीर्वाद दिएर भन्‍थे, “तिमीले मागेको यस छोराको सट्टामा परमप्रभुले तिमीलाई यस स्‍त्रीबाट छोराछोरीहरू देऊन्।” त्‍यसपछि तिनीहरू आफ्‍नो घर फर्कन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारी एलीले एल्काना र तिनकी पत्नीलाई यसरी आशीर्वाद दिन्थे, “यी स्त्रीले याहवेहसँग छोराका निम्ति प्रार्थना गरेर त्यसलाई याहवेहकहाँ अर्पण गरेको सट्टामा याहवेहले यस स्त्रीद्वारा तिमीलाई अरू सन्तानहरू देऊन्।” त्यसपछि तिनीहरू घर फर्कन्थे।
Nepali ERV (पवित्र बाइबल)
एलीले एल्काना र तिनकी पत्नीलाई आशीर्वाद दिन्थे। एलीले भने, “परमप्रभुले यो बालक जसलाई तिमीले परमप्रभुको सेवाको लागि माग्यौ यसको ठाउँमा अरू धेरै नानीहरू परमप्रभु तिनीहरूका साथ अशिष दिउन्।” एल्काना र हन्ना घर फर्किए अनि