1 Samuel 2:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एली अब धेरै बुढो भएका थिए। आफ्ना छोराहरूले इस्राएलीहरूसित गरेका हरेक काम अनि परमप्रभुको पवित्र पालको ढोकामा काम गर्ने आइमाईहरूसित तिनीहरू सुतेका कुरासमेत एलीले सुनिबस्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एली अब साह्रै वृद्ध भएका थिए, र उनका छोराहरूले सारा इस्राएलमाथि कस्तो व्यवहार गर्दछन् भनी उनले सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग सहवास गरेका कुरा पनि उनले सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब एली अति नै वृद्ध भइसकेका थिए। एलीले आफ्ना छोराहरूले सारा इस्राएलसँग के कस्तो व्यवहार गर्दैछन् र भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसँग कसरी सहबास गर्दैछन् भन्ने कुरा सुने।
Nepali ERV (पवित्र बाइबल)
एली साह्रै वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इस्राएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने।