1 Samuel 2:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि एक जना मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्‍यो भने परमेश्‍वरले त्‍यसको रक्षा गर्न सक्‍नुहुन्‍छ; तर परमप्रभुको विरुद्धमा नै पाप गर्ने मानिसलाई कसले रक्षा गर्न सक्‍छ?” तर तिनीहरूले आफ्‍ना बुबाका कुरा सुनेनन् किनभने परमप्रभुले तिनीहरूलाई मार्ने निर्णय गरिसक्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मानिसले मानिसको विरुद्धमा पाप गर्‍यो भने परमेश्‍वरले हस्तक्षेप गर्नुहोला। तर यदि मानिसले परमेश्‍वरको विरुद्धमा पाप गर्‍यो भने त्‍यसको पक्षमा कसले बोलिदिने?” यी सबै कुरा सुने तापनि तिनीहरूले आफ्‍ना पिताका कुरामा ध्‍यान दिएनन्, किनभने तिनीहरूलाई मार्ने परमप्रभुको इच्‍छा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्‍यो भने परमेश्‍वरले त्यसका निम्ति मध्यस्थता गर्न सक्नुहुन्छ। तर यदि कुनै मानिसले याहवेहको विरुद्धमा पाप गर्‍यो भने त्यसको पक्षमा कसले अन्तर्बिन्ती गरिदिने?” तरै पनि तिनका छोराहरूले आफ्नो बुबाको हप्काइलाई सुनेनन्। किनकि याहवेहले तिनीहरूलाई मार्ने निर्णय गरिसक्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
मानिसले मानिसको विरूद्धमा दुष्ट कार्य गरेकोमा परमेश्वरले त्यसको न्याय गर्नु हुनेछ। तर कसैले परमप्रभुको विरूद्धमा पाप गर्छ भने, कसले उसलाईं परमेश्वरसित सहायता गर्नेछ?” तर एलीका दुष्ट छोराहरूले पिताका कुरा सुन्न अस्वीकार गरे। तर परमेश्वरले पहिले नै निर्णय लिइसक्नु भएको थियो कि तिनीहरू मर्ने थिए।