1 Samuel 2:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना अगमवक्ता परमप्रभुको यो खबर लिएर एलीकहाँ आए, “जब तेरा पुर्खा हारून र त्‍यसको घराना मिश्रको राजाका कमाराहरू भएका थिए, मैले हारूनलाई दर्शन दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब परमेश्‍वरका एक जना दास एलीकहाँ आएर उनलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘के मैले आफूलाई तेरा पिताको घरानाकहाँ मिश्रमा तिनीहरू फारोको दासत्‍वमा हुँदा प्रकट गरेको थिइनँ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका एक जना सेवक एलीकहाँ आएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘के मैले तिमीहरूका पितापुर्खाहरू इजिप्टमा फारोको अधीनमा भएको बेला म आफूलाई तिनीहरूकहाँ स्पष्‍ट रूपमा प्रकट गरिनँ र?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ।