1 Samuel 2:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले एक जना पूजाहारी छान्‍नेछु, जो मप्रति विश्‍वासयोग्‍य रहनेछ र मैले चाहेको हरेक काम गर्नेछ। म त्‍यसलाई सन्‍तान दिनेछु, जसले मैले छानेको राजाअघि सेवाको काम गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो निम्‍ति एउटा विश्‍वास योग्य पूजाहारी नियुक्त गर्नेछु, जसले मेरो मनमा र हृदयमा भएको कुराअनुसार गर्नेछ। म त्‍यसको परिवारलाई स्‍थिर गराउनेछु, र त्‍यसले मेरो अभिषिक्त मानिसको सामु पुस्‍तौँसम्‍म सेवा गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्ना निम्ति एक जना विश्‍वासयोग्य पुजारी खडा गर्नेछु, जसले मेरो हृदय र मनले चाहेअनुसार गर्नेछ, म त्यसको पुजारी घरानालाई स्थिर गर्नेछु; अनि त्यसले मेरो अभिषिक्त जनहरूको सामु सदासर्वदा सेवा गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
म एउटा विश्वासयोग्य पूजाहारी नियुक्त गर्नेछु, जसलाई मैले आदेश गरे अनुसार काम गर्नेछ। म त्यस पूजाहारीको परिवारलाई शक्तिशाली बनाउनेछु। उसले जीवनभरी मैले चुनेको राजाको सामु सेवा गर्नेछ।