1 Samuel 2:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा बाँकी रहेका कुनै सन्‍तानले त्‍यस पूजाहारीकहाँ गई पैसा र खाना माग्‍नुपर्नेछ अनि केही खाना जुटाउन पूजाहारीहरूको सहायता पाऊँ भनी बिन्‍ती गर्नुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो परिवारमा जीवित रहने हरेकले एक टुक्रा चाँदी र एक गाँस रोटी पाउनलाई तिनको सामु गएर नम्रतापूर्वक झुक्‍नेछ र बिन्‍ती गर्नेछ, मलाई कुनै पूजाहारी पदमा नियुक्त गर्नुहोस्‌ र मसित खानलाई भोजन होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तेरा बाँकी रहेका घरानाका हरेकले एक टुक्रा चाँदी र एक टुक्रा रोटीको निम्ति त्यसको सामु आएर बिन्ती गर्दै माग्ने छन्, “मलाई कुनै पुजारी काम दिनुहोस्, ताकि मेरो निम्ति खानलाई रोटी पाउन सकूँ।” ’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भन्नेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।”‘