1 Samuel 20:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि, दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गए। “मैले के गरेको छु?” तिनले सोधे, “मैले कुन अपराध गरेको छु? मैले तपाईंको बुबाको के खराबी गरें र तिनले मलाई मार्न चाहन्‍छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ आए। तिनले जोनाथनलाई भने, “मैले के गरेको छु? मेरो दोष के छ? तपाईंका बुबाको विरुद्धमा मैले के खराबी गरेको छु र उहाँ मेरो ज्‍यान लिन चाहनुहुन्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गएर सोधे, “मैले के गरेको छु? मेरो अपराध के हो? मैले तिम्रा पितालाई के खराबी गरेको छु र उहाँले मलाई मार्न खोज्दैहुनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
रामाको छेऊ डेराबाट दाऊद दगुर्दै जोनाथनकहाँ गए। दाऊदले जोनाथनलाई भने, “मैले के भूल गरें? मेरो दोष के हो? तिम्रा पिताले मलाई किन मार्न चाहनु हुन्छ?”