1 Samuel 20:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र जोनाथनले दाऊदलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर हाम्रा बीच साक्षी रहून्! भोलि र पर्सि यति नै बेला म मेरा बुबालाई सोध्‍नेछु। उनको आचरण तिमीप्रति ठीक छ भने म खबर पठाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोनाथनले दाऊदलाई भने, “दाऊद, परमप्रभु इस्राएलका परमेश्‍वरको दृष्‍टिमा म यो प्रतिज्ञा गर्दछु, कि पर्सि यही बेला म मेरा बुबाको मन छाम्‍नेछु। यदि उहाँको मन तपाईंप्रति राम्रै रहेछ भने म तपाईंलाई थाहा दिन्‍नँ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब जोनाथनले दावीदलाई भने: “याहवेह इस्राएलका परमेश्‍वरको नाममा म यो प्रतिज्ञा गर्छु कि, म पर्सि साँझसम्म आफ्नो पिताको मन बुझ्नेछु! यदि उहाँ तपाईंप्रति दयालु हुनुहुँदोरहेछ भने के म तपाईंकहाँ खबर पठाएर यो कुरा तपाईंलाई थाहा दिन्‍नँ र?
Nepali ERV (पवित्र बाइबल)
जोनाथनले दाऊदलाई भने, “म इस्राएलका परमेश्वर परमप्रभुको अगाडि प्रतिज्ञा गर्छु। मेरा पिताको तपाईंको बारेमा कस्तो सोचाइ छ म त्यो थाह गर्ने प्रतिज्ञा गर्छु। साँच्चै खराबै सोच्नु भएको छ कि असल सोच्नु भएको छ तीन दिनभित्र म तपाईंलाई खेतमा खबर पठाउँछु।