1 Samuel 20:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीलाई हानि गर्ने उनको इच्‍छा रहेछ भने मैले तिमीलाई त्‍यसको खबर दिएर कुशलसाथ भगाउने काम गरिनँ भने परमप्रभुले मलाई मारून्। परमप्रभु मेरा बुबासित रहे झैँ तिमीसित रहून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि मेरा बुबाले खराबी नै सोच्‍नुभएको रहेछ भने, अनि मैले तपाईंलाई थाहा दिइनँ र तपाईंलाई कुशलसित भगाइनँ भने परमप्रभुले मलाई त्‍यसभन्‍दा पनि बढ़ी गरून्‌। परमप्रभु मेरा बुबासँग हुनुभएझैँ तपाईंसँग पनि होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि मेरा पिताले तपाईंलाई हानि गर्न निश्‍चय गर्नुभएको रहेछ भने मैले त्यो कुरा तपाईंलाई बताएर सुरक्षासाथ भगाइनँ भने याहवेहले मलाई दण्ड देऊन्। याहवेह मेरा पितासँग रहनुभएझैँ तपाईंसँग पनि रहून्।
Nepali ERV (पवित्र बाइबल)
यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ।