1 Samuel 20:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि मेरो चाकरलाई म ती खोज्‍न पठाउनेछु। यदि मैले त्‍यसलाई ‘हेर, काँड तेरो वल्‍लोपट्टि छन्‌, ती टिपेर ले,’ भनेमा त्‍यसको अर्थ हुनेछ कि तिमीलाई डर छैन र त्‍यहाँबाट निस्‍किआए हुन्‍छ। जीवित परमप्रभुलाई साक्षी राखी म भन्‍दछु कि तपाईं कुशल रहनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म मेरो केटालाई ती काँड़हरू खोज्‍न पठाउनेछु। यदि मैले त्‍यसलाई, ‘हेर्, काँड़हरू तेरो यतापट्टि छन्, ती टिपेर ले,’ भनें भने तपाईं आफू लुक्‍नुभएको ठाउँदेखि निस्‍केर आउन सक्‍नुहुन्‍छ। म शपथ खाएर भन्‍दछु, तपाईं कुशल रहनुहुनेछ, किनभने तपाईंलाई कुनै हानि हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म एउटा केटालाई पठाएर भन्‍नेछु, ‘ती काँडहरू खोज।’ यदि मैले त्यसलाई, ‘हेर्, काँडहरू तेरो यतापट्टि छ; तिनलाई यहाँ लिएर आइज’ भनेँ भने तपाईं आउनसक्नुहुनेछ। किनकि जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, तपाईं सुरक्षित रहनुहुनेछ; अनि तपाईंलाई कुनै खतरा हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
म एउटा केटालाई काँड खोज्न पठाउँनेछु। यदि सबै ठीक-ठाक छ भने म केटोलाई भन्ने छु, ‘हेर काँड नजिकै छ! तँ धेरै पर गइस्। मेरो नजिक काँड खोज। त्यस बेला लुकेको ठाउँबाट तिमी निस्कन सक्छौ। शपत खाएर भन्छु कि जसरी परमप्रभु सत्य र जीवित हुनुहुन्छ, तिमी सुरक्षित छौ। त्यहाँ कुनै खतरा हुनेछैन।