1 Samuel 20:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘मलाई कृपा गरी जान दिनुहोस् किनभने हाम्रा परिवारले सहरमा बलिदानको चाडको उत्सव मनाउँदैछ। बलिदान चढाउन र मेरा दाजुहरूले मलाई त्यहाँ जाने आज्ञा गरेका छन् र तपाईं मेरा मित्र हुनुहुन्छ भने मलाई गएर आफ्ना नातेदारहरूसित भेट गर्न दिनुहोस्। म गएर आफ्ना नातेदारसित भेट गर्न पाऊँ’ भनेर तिनले बिन्ती गरे। यसैकारण तिनी हजुरको भोजमा आउन सकेनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘हाम्रो परिवारले सहरमा बलिदान चढ़ाइरहेको छ, र मेरा दाजु आफैले मलाई त्यहाँ आउनलाई आज्ञा गरेका छन्। यसैले तपाईंको दृष्टिमा मैले निगाह पाएको छु भने मेरा दाजुहरूलाई भेट्न मलाई बिदा दिनुहोस्।’ यसैकारण तिनी राजासित खानलाई आउन सकेनन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, ‘मलाई जान दिनुहोस्; किनकि हाम्रो परिवारले सहरमा बलिदान चढाइरहेका छन्। अनि मेरा दाजुले मलाई त्यहाँ उपस्थित हुनु भनेर हुकुम गर्नुभएको छ। यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई आफ्ना दाजुहरूलाई भेट्न जान दिनुहोस्।’ यसैकारण तिनी राजाको भोजमा उपस्थित छैनन्।”
Nepali ERV (पवित्र बाइबल)
उसले भन्यो, “मेरो परिवारले हाम्रो शहरमा बलिदान चढाउँदैछन् अरे, यसकारण मलाई घरमा जान दिनुहोस्। मलाई त्यहाँ जानु भनी दाज्यूले हुकूम दिएका छन् यदि म तपाईंको साथी हुँ भने जान दिनुहोस् र दाजूहरूसँग भेट्न दिनुहोस्। त्यही कारणले दाऊद यहाँ राजाको भोजमा आएन।”