1 Samuel 20:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दाऊदले उत्तर दिए, “तपाईंको बुबाले राम्ररी जान्‍दछन् कि तपाईंले मलाई कति मन पराउनुहुन्‍छ र तिनले के उपाय गर्दैछन्, सो तपाईंलाई नभन्‍ने निश्‍चय गरेका छन् किनभने त्‍यसले तपाईंलाई गहिरो चोट पुर्‍याउनेछ। जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्‍दछु कि अब त मेरो मृत्‍यु नजिकै छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दाऊदले शपथ खाएर भने, “तपाईंका बुबाले आफ्‍नो मनमा भन्‍नुभएको छ, ‘जोनाथनलाई यो कुरा थाहा नहोस्, नत्रता त्‍यो दु:खित हुनेछ’। किनभने उहाँलाई थाहा छ कि मप्रति तपाईंको ठूलो श्रद्धा छ। जीवित परमप्रभुको नाउँमा र तपाईंका जीवनको पनि शपथ खाएर म भन्‍दछु कि अब त मेरो मृत्‍यु नजिकै छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दावीदले शपथ खाएर भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भनी तिम्रा पितालाई थाहा छ। त्यसैले उहाँले आफ्नो मनमा यसरी सोच्नुभएको होला, ‘यो कुरा जोनाथनले थाहा नपाओस्, नत्रता त्यो दुःखी हुनेछ।’ साँच्‍चै जीवित याहवेह र तिमीलाई साक्षी राखेर म भन्दछु, म र मृत्युको बीचको दूरी एक कदम मात्र छ।”
Nepali ERV (पवित्र बाइबल)
तर दाऊदले भने, “म तिम्रो मित्र हुँ, भन्ने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, ‘जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।’ परमप्रभु र तपाईं जीवित रहेसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।”