1 Samuel 20:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले जोनाथनसित झोक्‍किएर भने, “तँ अट्टेरी र विश्‍वासघाती स्‍त्रीको छोरो! मैले अहिले थाहा पाएँ कि तँ यिशैको छोरोपट्टि लागेको छस् र आफ्‍नो र आफ्‍नी आमाको बेइज्‍जत गर्दै छस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊलले जोनाथनसित झोकिएर भने, “तँ बदमाश र बागी स्‍त्रीको छोरो। मलाई थाहा छ कि तैंले यिशैको छोराको पक्ष लिएको छस्, यसैले आफूमाथि र तँलाई जन्‍माएकी तेरी आमामाथि अनादर ल्‍याएको छस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊल जोनाथनसँग रिसले भड्किए, र तिनले उनलाई भने, “तँ दुष्‍ट र विद्रोही स्त्रीको छोरो! तैँले आफ्नै बेइज्जतका लागि र तँलाई जन्माउने आमाको बेइज्जतका लागि यिशैको छोराको पक्ष लिँदैछस् भन्‍ने कुरा के मलाई थाहा छैन र?
Nepali ERV (पवित्र बाइबल)
शाऊल जोनाथनसँग साह्रै क्रोधित भए। उसले जोनाथनलाई भने, “तँ दुष्ट आइमाईको छोरा होस, जसले भनेको मान्दैन। अनि त्यो तेरो स्वभाव पनि हो मलाई थाहा छ तैंले दाऊदको पक्ष लिएको छस्। तँ तेरो जन्म दिने आमा र तेरो आफ्नै लागि पनि लाज पार्छस्।