1 Samuel 20:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तँ यो जान्दैनस् कि त्यो यिशैको छोरो बाँचुञ्जेल तँ यस देशमा राजा हुन सक्नेछैनस्? अब जा र त्यसलाई यहाँ लिएर आइज! त्यो मर्नु नै पर्छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिशैको छोरो पृथ्वीमा बाँचुञ्जेल न त तँ न तेरो राज्य सुरक्षित रहनेछ। त्यसलाई झट्टै बोलाएर यहाँ ले, किनभने त्यो मारिनैपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म यिशैको छोरो यस पृथ्वीमा जीवित रहन्छ, न त तँ स्थापित हुनेछस्, न त तेरो राज्य स्थापित हुनेछ। अब कसैलाई पठाएर त्यसलाई मकहाँ झट्टै ल्याउन लगा; किनकि त्यो मर्नैपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
जब सम्म यिशैको छोरा जिउँदो छ तबसम्म तँ राजा हुने छैनस् नत तेरो राज्य पनि हुने छ। अब दाऊदलाई मकहाँ लिएर आइज। त्यो एउटा मरेको मानिस हो।”