1 Samuel 20:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोनाथन रिसले टेबलबाट उठे र त्यो दिन केही खाएनन्। त्यो औंसीको चाडको दोस्रो दिन थियो। दाऊदको खातिर तिनले गहिरो दु:ख माने किनभने शाऊलले तिनको बेइज्जत गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोनाथन रीसले टेबिलबाट उठेर गइहाले, र त्यस महिनाको दोस्रो दिन उनले केही खाएनन्, किनभने दाऊदको खातिर उनी साह्रै दु:खी भए, किनकि उनका पिताले दाऊदलाई अपमान गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जोनाथन रिसले चुर हुँदै आफ्नो टेबुलबाट उठेर गइहाले; त्यस महिनाको दोस्रो दिन तिनले केही खाएनन्। किनकि दावीदप्रति आफ्ना पिताको शर्मलाग्दो व्यवहारको कारण तिनी साह्रै शोकाकुल भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
जोनाथन रिसाएर टेबिल छोडेर हिँडे। जोनाथनलाई साह्रै अशान्ति लाग्यो कि आफ्नो पितासित रिसाएर दोस्रो दिनको भोजन पनि उसले खाएनन्। उसको पिताले उसलाई अपमान गरे। ती उसका पितासित साह्रै क्रोधित थिए अनि एकदमै दुःखी भए किनभने शाऊलले दाऊदलाई मार्न चाहन्थे।