1 Samuel 20:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले जवाफ दिए, “भोलि औँसीको चाड हो र मैले राजासित भोजन गर्ने कुरा छ। तर म पर्सि बेलुकासम्‍म खेतमा गई लुक्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले जवाफ दिए, “भोलि औंसीको चाड़ हो, र मैले राजासित खानैपर्नेछ। तर म पर्सिको साँझसम्‍म खेतमा गएर लुकिरहनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले भने, “हेर, भोलि औँसीको चाड हो। मैले राजासँग भोजन खानुपर्ने हुन्छ। तर मलाई जान देऊ, र पर्सि साँझसम्म खेतमा गएर लुक्नेछु।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ।