1 Samuel 20:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कृपा गरी ममाथि यो निगाह गर्नुहोला र मसित गरेको आफ्‍नो पवित्र प्रतिज्ञाको पालना गर्नुहोला। तर म अपराधी छु भने तपाईं आफैंले मलाई मार्नुहोस्। किन मलाई मार्नको लागि आफ्‍ना बुबाकहाँ पुर्‍याउनुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूर, मप्रति दया देखाउनुहोस्, किनकि तपाईं र म परमप्रभुको सामु एउटा करारले बाँधिएका छौं। म दोषी छु भने तपाईंले नै मलाई मार्नुहोस्‌। मलाई तपाईंका बुबाको हातमा किन पर्न दिनुहुन्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीले चाहिँ आफ्नो सेवकमाथि दया देखाऊ; किनकि तिमीले उसलाई याहवेहको सामु करारमा बाँधेको छौ। यदि म दोषी ठहरिएछु भने मलाई तिमी आफैँले नै मार्नु! मलाई तिम्रो पिताको हातमा किन सुम्पिदिन्छौ र?”
Nepali ERV (पवित्र बाइबल)
म माथि दया गर जोनाथन, म तिम्रो सेवक हुँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मार्नु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।”